बैशाख १७, २०८१, सोमबार
               

दुई महिनामा ६ खर्ब ४८ अर्ब अन्तर बैंक कारोबार

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ मा ६ खर्ब ४८ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । साउन र भदौ महिनामा वाणिज्य र अन्य वित्तीय संस्थाबीच उक्त रकम बराबरको अन्तर बैंक कारोबार भएको हो ।  

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच दुई महिनामा ५ खर्ब ५७ अर्ब ३० करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको बताएको छ ।

यस्तै, यस अवधिमा विकास बैंकहरू बीचमा ९१ अर्ब १ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबीच ७ खर्ब ३८ अर्ब र अन्य वित्तीय संस्थाबीच ३० अर्ब २४ करोड अन्तर बैंक कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि