बैशाख १७, २०८१, सोमबार
               

दुई महिनामा तीन करोड ३८ लाखको विद्युतीय चुलो भित्रियो

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा ३ करोड ७८ लाख रुपैयाँको विद्युतीय चुलो भित्रिएको छ । भन्सार विभागले दुई महिनामा उक्त रकम बराबरको १४ हजार ८०० वटा विद्युतीय चुलो भित्रिएको बताएको छ ।

यस्तै, यो अवधिमा ९ करोड ५५ लाख रुपैयाँ बराबरको ९ हजार ८०० वटा माइक्रोवोभन, ९ करोड १९ लाख रुपैयाँ बराबरको ७७ हजार वटा राइस कुकर समेत भित्रिएको छ ।

यस अवधिमा १३ करोड ४५ लाख रुपैयाँ बराबरको विद्युतीय कित्ली, ४ करोड ३२ लाख रुपैयाँ बराबरको चिया÷कफी बनाउने सामाग्री समेत भित्रिएको विभागले जानकारी दिएको छ । नेपाल विद्युतमा आत्मनिर्भर भएपछि विद्युतीय सामाग्रीको आयात बढ्दो क्रममा छ ।


कस्तो लाग्यो ?

यो पनि