बैशाख २४, २०८१, सोमबार
               

अर्थतन्त्र उकास्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्छ : अर्थमन्त्री

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । शुक्रवार १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका हुन् । उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतिपातीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए । उनले हरेक क्षेत्रमा काम गर्नेहरुले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए । 

‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजश्व हुनुपर्छ, मैले यसो भनिरहँदा केहीले त्यसको बिरोध गरे, स्वदेशमा उद्योगधन्दाहरू खोल्नुहुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने खबरदार, देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दाहरु हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ, नेपालमै भएका कच्चा पदार्थ र बाहिरबाट कच्चा पदार्थ ल्याएर भएपनि उद्योगधन्दाहरु स्वदेशमै खोलिनुपर्छ, त्यसको लागि सरकारले के सहयोग गर्नुपर्छ तयार छौँ ।’ उनले भने । 

अर्थमन्त्री शर्माले नेपालमा पुष्प खेतीको आकर्षण बढ्दै गएको बताए । उनले पुष्प व्यवसायले देशको अर्थतन्त्रलाई बढाउने बताउँदै जनताको पसिनाबाट उठाइएको राजश्व जनताकै लागि खर्च गर्ने बताए । उनले नेपाल अर्को वर्षसम्म फूलमा आत्मनिर्भर हुनुपर्ने बताए ।  अर्थमन्त्री शर्माले फूल र मानिसको सम्बन्ध जीवनकालसम्म भएको बताउँदै फूल अन्य देशमा व्यापारमा मात्रै जोडिए पनि नेपालमा संस्कृतिसँग जोडिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि