जेठ ०१, २०८१, मंगलबार
               

नेपालमा लगानी आकर्षण गर्न लगानी बोर्ड र महासंघले सहकार्य गर्ने

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा विदेशी लगानी आकर्षित गर्न सहकार्य गर्ने भएका छन् । लगानी बोर्डको कार्यालयमा भएको छलफलले लगानी आकर्षण गर्न सहकार्य गर्ने निर्णय गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले विदेशी लगानी आकर्षण गराउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा गुणस्तरीय लगानी भित्र्याई नेपाल सरकारले लिएको समृद्ध नेपाल र सुखि नेपालीको आकांक्षालाई संयुक्त रुपमा पुरा गर्ने दायित्व नेपाल सरकार र निजी क्षेत्रको हो ।

यो लक्ष्य पुरा गर्नका लागि बोर्ड निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बताए। उनले लगानी बोर्ड नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत सुधारका सम्बन्धमा निजीक्षेत्रसँग सहकार्य गरी सक्रिय रुपले अघि बढिरहेको बताए । यसैगरी, लगानीको क्षेत्रलाई समेत विविधिकरण गर्नुपर्ने बताउँदै उनले भने, ‘हामीसँग लगानीका सम्भावनाका क्षेत्रहरु धेरै द्धन् । र, लगानीकर्तालाई समेत हाम्रा विविध क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ ।’

बैठकमा महासंघका अध्यक्ष गोल्छाले स्वदेशी तथा विदेशी निजी लगानीकर्तासँग छलफल तथा समन्वय गर्न महासंघ एउटा जिम्मेवार र सक्षम निकाय भएको बताए । उनले नेपालमा लगानी आकर्षित गर्न विदेशी लगानीकर्ताहरु समक्ष पुग्न लगानी बोर्ड र महासंघले संयुक्त रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

‘हामीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै सक्रिय संजाल उपलब्ध छ । उक्त संजालको उपयोग गरी हामी लगानीकर्ता समक्ष सजिलै पुग्न सक्छौं र नेपालमा लगानी भित्र्याउन सक्छौं’, गोल्छाले भने । बैठकमा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव डा. नारायण रेग्मीले नेपालमा लगानीको प्रतिवद्धता र प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै यस सम्बन्धमा थप अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा लगानी आकर्षित गर्न आवश्यक नीतिगत तथा अन्य सुधारका कार्यहरुमा मन्त्रालय सधैं प्रतिवद्ध रहेको बताए ।


कस्तो लाग्यो ?

यो पनि