जेठ ०१, २०८१, मंगलबार
               

आज कामना सेवाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने (आज) मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोलि बुधबार बुकक्लोज गर्दैछ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने हाल कायम चुक्ता पूँजीको १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २३ कात्तिकमा १५औँ साधारणसभा बोलाएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। आर्थिक वर्ष २०७८–०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार गर्ने, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा छ । 


कस्तो लाग्यो ?

यो पनि