जेठ ०२, २०८१, बुधबार
               

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

महोत्तरी ।  बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर धान बालीमा क्षति पुगेको छ ।

जसमध्ये ३१ हेक्टर धानबाली कटान भएको छ भने ३०१ हेक्टर धान बाली डुबानमा परेको छ । बाँकी काटेर राखेको धान खेतमा नै झरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

संघ र प्रदेश सरकारले नोक्सान व्यहोरेका किसानलाई राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म महोत्तरीका किसानले राहत दिएको छैन ।

`कस्ता किसानलाई कसरी राहत प्रदान गर्ने भन्ने विषयमा हामी अझै अलमलमा छौँ, स्थानीय तहसग छलफल भइरहेको छ,´ कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख रामचन्द्र यादवले भने । मोडालिटी तयार गरेर किसानहरुलाइ राहत वितरण गर्ने तयारी गरिरहेको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि