बैशाख २३, २०८१, आइतबार
               

बाढीले अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि चालु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । देशभर परेको अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा तीन दिनदेखि अवरुद्ध थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले आजदेखि विमानस्थलबाट उडान सुरु भएको बताए । ‘आज दिनभरमा १८ वटा फ्लाइट छन् । ती सबै उडान हुन्छन् । अहिले पनि उडान जारी छ’, उनले रातोपाटीलाई बताए ।

कात्तिक ३ गते विमानस्थलमा बाढी पसेपछि ४ र ५ गते विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको प्राधिकरणले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि