जेठ ०२, २०८१, बुधबार
               

७७.३३ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

आज पनि नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ परिसूचक १३.२८ अंकले घटेर ४७१.९१ विन्दुमा झरेको छ।

यसदिन २२१ कम्पनीको ९५ लाख ७५ हजार ६०१ कित्ता सेयर ३ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भयो। १३ वटै समूहको परिसूचक घटेको छ। यसदिन वित्तीय समूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ। यस्तै जलविद्युत र विकास बैंकको परिसूचक क्रमश ४.४७ र ४.१४ अंकले ओरालो लागेको हो।  यसदिन कारोबारको आधारमा एनआइबीएल शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ११ करोड १२ लाख ९५ हजार ५४३ रुपैयाँको शेयर कारोबार भयो।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउने सूचना सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको छ। सोमबार करिब १ दर्जन बढी बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर सार्वजनिक गरेका थिए। बैंकहरुले ब्याजदर बढाएपछि लगानीकर्ताहरु भने निराश छन्।


कस्तो लाग्यो ?

यो पनि