बैशाख २०, २०८१, बिहीबार
               

ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले  सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिन अवधिको २० करोड रुपैयाँ, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको ६ अर्ब गरी जम्मा ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख छ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी  जारी गरेको थियो । 

ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुल्ला हुनेछ । आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

के हो ट्रेजरी बिल 

मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्नेगर्छ ।

अठ्ठाइस दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको टे«जरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी  बिल प्रचलनमा आएको देखिँदैन । 


कस्तो लाग्यो ?

यो पनि