जेठ ०१, २०८१, मंगलबार
               

वर्षाले पाकेको धान नष्ट, किसान चिन्तित

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

गलेश्वर । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ ।

भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।

‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ’, उनले भने, ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?’,

जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् ।  पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए ।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएको र दसैँका लागि घर आएका व्यक्ति कार्य क्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए ।

‘सडकमा भल बगेको छ, बेनी झर्नै समस्या भयो’, बेनी –१ को अर्जमबाट देवी थापाले भनिन्, ‘गाडी चल्न सक्ने अवस्था नै छैन ।’ 


कस्तो लाग्यो ?

यो पनि