जेठ ०१, २०८१, मंगलबार
               

सामलिङ पावरको आइपीओ कात्तिक ४ गतेदेखि निष्कासन हुँदै

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

सामलिङ पावर कम्पनीले बिहीबार (कात्तिक ४ गते) देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ ।
 
बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि