चैत १६, २०८०, शुक्रबार
               

नोटको हिफाजत गर्न राष्ट्र बैंकको आग्रह

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

नयाँ नोट छाप्नमात्र होइन पुरानो नोट झुत्रो भएर जलाउँदा समेत राष्ट्रको ढुकुटीको मोटो रकम खर्च हुन्छ ।
त्यसैले नेपाल राष्ट्र बैंकले नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध गरेको छ ।
दशैंतिहार जस्ता चाडबाडमा वा अन्य समयका पुजाआजामा पनि नोटको प्रयोग गरिँदा अबिरजस्ता रङ लत्पत्याउने, मन्दिरमा दूध वा पानीसँगै नोट चढाउने कारणले नोट फोहोर हुने गर्दछ । त्यसैले हरेक वर्ष झै यसपटक पनि नेपाल राष्ट्र बैंकले नोटलाई जतनका साथ प्रयोग गर्न अनुरोध गरेको हो । दशैंतिहारमा धेरै नयाँ नोट चलनचल्तीमा आउँछन् । तर, ती नोट फोहोर वा झुत्रो भएर फर्किने समस्या रहेको कारण राष्ट्र बैंकले अनुरोध गर्नु परेको हो । चाडबाडमा सतर्कताका साथ नयाँ नोट नचलाउँदा तथा फोहोर गर्दा, मन्दिरमा चढाउँदा दूध वा पानीले भिजाएका कारण नोट झुत्रा र पुराना हुने राष्ट्र बैंकले जनाएको छ । त्यसैले टिका लगाएर दक्षिणा दिँदा नोटमात्रै नदिई खाम लगाएर दिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
नयाँ नोट छाप्नको लागि वर्षेनी करिब ३ अर्ब हाराहारी खर्च हुने गरेका कारण पनि नोटको सुरक्षा प्राथमिकतामा परेको राष्ट्र बैंकको भनाइ छ । त्यसैले नोटको आयु बढाउन राष्ट्र बैंकले सफा नोट नीति ल्याएको हो । जस अनुरुप नोटलाई नियतवश सफा नोट नीतिको विरुद्धमा गएर नोटको प्रयोग गरे जरिवाना सहित जेलसम्मको सजाय हुन्छ ।
हिफाजत गरेर नचलाएका कारण हाल नेपाली नोटहरुको सरदर आयु साढे ३ वर्षमात्रै छ । कार्ड र चेकको प्रयोग बढाउने हो भने नोटको आयु ५ देखि १० वर्षको हुने अनुमान राष्ट्र बैंकको रहेको छ । सफा नोट नीति अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छानेर राम्रा नोट मात्रै बजारमा पठाउन निर्देशन दिएको छ । 
यसपटक दसैँमा नेपाल राष्ट्र बैकले असोज २५ गतेसम्म ५, १०, ५० र १०० दरका नोट तथा ५०० र १००० दरका ठुला नोटहरू सट्ने सुबिधा दिएको थियो थियो।


कस्तो लाग्यो ?

यो पनि