बैशाख १५, २०८१, शनिबार
               

मौरीपालन व्यवसाय : दामसँगै नाम

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

व्यास नगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरे ।

सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९०  घार पुर्‍याइसकेका छन् । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्ये कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढ्नु भएका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका छन् ।

साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर मह र मौरी बिक्री गरेर बार्षिक आठ लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए । बिगत एक दशकदेखि सो व्यवसायमा लागेका हुन् । 

जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा व्यवसायी मिश्र पर्ने गरेकोले मौरी पालन गर्नेलाई उनको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।  केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय बृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए ।  पछिल्लो समय उनको मह तथा मौरी  किन्न ग्राहक घरमा नै आउने गरेका छन् । 

मह मानाको एक हजारका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ । उनले भने “यस बर्ष धेरै परेकोले मौरीले मह सङकलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ ।”यस बर्ष पानी धेरै परेकोले  फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उनले बताए । उनले पछिल्लो सयम मौरी पाल्न चाहने किसानलाई प्रतिघार रु.दश हजारमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने,कसरी जोगाउने भन्ने लगायतका बिषयमा पनि जानकारी दिने गर्न थालेका छन् । उनले भने “ कर्म गर्न लाज मान्नुहुन्न स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ ।”


कस्तो लाग्यो ?

यो पनि