बैशाख ०६, २०८१, बिहीबार
               

खसी-बोकाको मूल्य बढ्यो

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

विजया दशमी नवरात्रि सुरु भएदेखि सप्तरीमा खसी-बोकाको मूल्य आकाशिएको छ । खसी-बोकाको बजारमा भीडभाड  बढेको छ ।

दशमीको बेला माता भगवतीलाई खसी-बोका चढाइने हुनाले खसी-बोका महँगिएको स्थानीय सुनिल चौधरीले बताए । उनले भने, ´भाकल छ, नचढाई नहुने । जति महँगो भए पनि किन्नै पर्ने बाध्यता छ ।`

दशैँमा यस जिल्लासहित अन्य जिल्लाका शक्तिपीठहरूमा खसी-ब‍ोका चढाउने हुनाले खसी-बोकाको मूल्य दशैँको  सुरुवातसँगै महँगिएको खसी व्यापारी मो. कासिम मियाँले बताए । उनले भने, ´यसपालि माग बढी भएकाले पहिलेको तुलनामा महँगो भएको हो ।`

स्थानीय रामप्रसाद यादवले भने,´१० किलोको बोकाको १० हजारभन्दा कम भन्दैनन् । खसीको पनि मूल्य त्यस्तै हाराहारीमा छ ।'

पहिले राजविराज बजारमा खसी-बोका बजार साताको दुई दिन सोमबार र बिहीबार लाग्थ्यो । घटस्थापनादेखि दिनँहु लाग्दै आएको बाख्रा व्यवसायी रमेश मालीले बताए ।

बिजया दशमी नौरथामा गाउँघरमा मात्र नभएर शहरी भेगमा पनि अत्यधिक मात्रामा खसी-बोका चढाउन थालिएको छ । सबै जना व्यस्त रहने हुनाले अघिल्लो दिन किनेर चढाउने चलन बढ्दै गएकाले यो समयमा दिनहुँ खसी-बोकाको बजार लाग्ने गरेको स्थानीयहरू बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि