जेठ ०२, २०८१, बुधबार
               

खाद्यले प्रतिकिलो ६४० रुपैयाँमा खसी बोका बिक्री गर्दै

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि जिउँदो खसी र बोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ तोकेको छ।

कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा बिक्रीका लागि राखेका खसी, बोकाको उक्त मूल्य प्रतिकिलो ६५० रुपैयाँ तोकेको छ। तर‚ दशैंका लागि प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकलाई आग्रह गरे। उनले खसी, बोकाको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए।

कम्पनीले हाल दुई हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ। तर‚ ग्राहकको चाप बढेकाले आवश्यकताअनुसार फेरि थप गरेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको कम्पनी बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन्। उनले दैनिक ५०० वटा खसी, बोका बिक्री वितरण हुने अनुमान गरिएको समेत बताइन्।

 


कस्तो लाग्यो ?

यो पनि