जेठ ०२, २०८१, बुधबार
               

‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याउने सरकारको तयारी

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले ‘पढ्दै कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्। 

शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा मन्त्री शर्माले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे। 

मन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्‍याए। उनले हाम्रो विकासको मोडल समूदायमा आधारित हुनुपर्ने आवश्यकता औंल्याए। 

‘अहिले म अर्थमन्त्री भएको बेला पढ्दै कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ‚’ अर्थमन्त्री शर्माले भने, ‘त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्‍यो, हाम्रो शिक्षा। नेपालमा समुदायमा आधारित शिक्षा उपयुक्त छ। शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो।’

समुदायलाई पनि शिक्षित, जिम्मेवार, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिबद्ध बनाउन सके मात्रै नेपालको शिक्षा जीवन उपयोगी हुने उनको भनाइ छ। 

शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए। शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए। 


कस्तो लाग्यो ?

यो पनि