जेठ ०१, २०८१, मंगलबार
               

माछापालनबाट मनग्ये आम्दानी

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

तुलसीपर उपमहानगरपालिका– १० निवासी यादव भण्डारीले भण्डारी माछापालन एण्ड कृषि फर्ममार्फत आफ्नै जग्गामा व्यावसायिक  रुपमा  माछापालन  गरिरहेका छन् ।

उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ । उनले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी बनाएर माछापालन गरिरहेका छन् ।  यसबाट उनले वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गरिरहेका छन् । “आफ्नै जग्गामा यसरी व्यावसायिक माछापालन गर्न थालेका सात वर्षभयो”,उनले भने,“यसबाट वार्षिक १५÷२० लाख आम्दानी हुने गरेको छ ।” ग्रास, सिल्भर, कमन, राहु, नैनी जातका माछापालन गरिरहेका छन् । ती माछा जिल्लामा मात्रै होइन्, बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन् ।

अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाइदैन । यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अवस्था छ । उनले चितवनबाट माछाका भुरा ल्याउने गर्छन् । उनले भने “ केही समयपछि आफै नै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु । ” आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उनको भनाइ छ । “अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनुपर्छ”, उनले भने,“अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ ।” 


कस्तो लाग्यो ?

यो पनि