बैशाख ०७, २०८१, शुक्रबार
               

ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै सो बोनस सेयर सेयरधनीलाई वितरण हुनेछ । हाल चुक्ता पुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँ भएको लघुवित्तको २८ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँ पुग्नेछ ।


कस्तो लाग्यो ?

यो पनि