जेठ ०२, २०८१, बुधबार
               

थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिन लागेको हो । 

सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० करोड रुपैयाँ बजार पठाउन लागिएको बैंकले जनाएको छ । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । त्यसो त केहीदिन अघिमात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो । 

हाल बैंकिङ क्षेत्रमा २१ अर्ब रुपैयाँ तरलता मौज्दात रहेको छ । आवश्यक पर्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यस रिपोका लागि माग गर्न सक्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि