जेठ ०८, २०८१, मंगलबार
               

साढे २३ लाखले भरे न्यादी हाइड्रोपावरको आइपीओ

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

न्यादी हाइड्रोपावरको आइपीओमा २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझ सम्ममा २३ लाख ५७ हजार १६६ जना आवेदकबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले असोज १५ गतेबाट २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । 
 


कस्तो लाग्यो ?

यो पनि