जेठ ०८, २०८१, मंगलबार
               

तपाईंलाई साहस उर्जाको आइपीओ पर्‍यो ?

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

साहस उर्जा कम्पनीको आइपीओ आइतबारर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत क"ल ६ लाख ४४ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । 

रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । साहस उर्जाले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

आइपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि