जेठ ०८, २०८१, मंगलबार
               

आइतबार नेप्से ५६ अंकले घट्यो

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

आइतबार सेयर बजार परिसूचक नेप्से थप ५६ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५६.४ ८ अंकले घटेर २५ सय ७६.९५ विन्दुमा झरेको हो । यसअघि  गत बिहीबार परिसूचक ३२ अंकले घट्दै २६ सय ३३.४२ विन्दुमा रोकिएको थियो ।

साताको पहिलो कारोबार दिन समेत रहेको आज आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा झर्न पुगेको छ । 

सबै उपसमूहहरु ऋणात्मक भएर बजा  र  नै  राताम्मे भएको यस दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स समूह रहेको छ । अधिकतम ५६ अंकले घटेको बजारमा आज फाइनान्स समूहको मात्र ४.३४ प्रति शतले सूचक घट्न पुगेको छ । 

यस्तै, हाईड्रोपावर समूहको ३.९७ प्रतिशतले इन्भेष्टमेन्ट समूहको ३.८  अंकले र होटल तथा पर्यटन समूहको ३.३३ प्रतिशतले घट्न पुगेको छ । आज कुल  २३२ कम्पनीका ८ करोड ९४ लाख कित्ता माथिको सेयर बजारमा ५२ हजार ३९१ पटक किनबेच हुँदा ४ अर्ब ११ करोडको कारोबार भएको छ । 

                                            


कस्तो लाग्यो ?

यो पनि