जेठ ०४, २०८१, शुक्रबार
               

आरएसडीसी लघुवित्तले घोषणा गर्‍यो १०.५२ प्रतिशत बोनस

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लघुवित्तले सात करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३८ लाख  ५२ हजार ४२० रुपैयाँ नगद बाँड्नेछ । 

अघिल्लो वर्ष यसले ९ प्रतिशत बोनस सेयर र ३ दशमलव ६३ प्रतिशत गरी कुल १२ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि