जेठ ०५, २०८१, शनिबार
               

गल्छी-रसुवागढी सडकमा फ्लाइओभर निर्माण गर्न स्वीकृति लागि प्रस्ताव

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नुवाकोट । उत्तरी नाका रसुवागढी पुग्ने सडकमा १ अर्ब रुपैयाँ खर्चेर फ्लाइओभर निर्माण गरिने भएको छ । गल्छी – त्रिशुली – मैलुङ – स्याफ्रुवेशी – रसुवागढी सडक योजनाले त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको पावरहाउस नजिकै फ्लाइओभर निर्माण गर्न लागेको हो ।

आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार उक्त खण्डमा करिव ४ सय मिटर सडक अत्यन्त साँघुरो चार मिटर चौडाइको मात्रै छ । विस्तार गर्न नमिल्ने अवस्था भएकाले फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको हो ।

आयोजनाले परामर्शदाता हायर गरेको बेसलाइन सर्भे अनुसार करिव ६ सय मिटर लम्बाईको फ्लाइओभर निर्माण गर्न लागिएको हो। फ्लाइओभरमा ३३ मिटरसम्म अग्ला १२ वटा पेयर हुनेछ। चौडाइ ७.५ मिटर (दुई लेन) को हुनेछ।

डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट ठेक्का लगाउन लागिएको हो। यस्तो प्रक्रियाबाट ठेक्का पाउने कम्पनीले डिजाइनदेखि निर्माण सम्मको काम आफैंले गर्नुपर्छ। तर ठेक्का लगाउने निकायको स्वीकृति भने लिनुपर्छ। फ्लाइ ओभर दुई वर्षमा निर्माण सक्ने लक्ष्य लिइएको छ। आयोजनाका अनुसार ६ महिना डिजाइन गरिसक्नुपर्नेछ ।

आयोजनाले खरिद प्रक्रिया अघि बढाउन सडक विभागमा स्वीकृति लागि प्रस्ताव गरेको छ । विभागले स्वीकृत गरेपछि खरीद पक्रिया अघि बढाइने भण्डारीले बताए। आयोजनाले गरेको अध्ययनले उपयुक्त विकल्प फ्लाइओभर दिएपछि प्रक्रिया अघि बढाइएको हो ।

१० वटा ओभरहेड ब्रिज निर्माण हुने  

त्यसैगरी, सडकलाई पैदल यात्रुमैत्री बनाउन १० स्थानमा ओभरहेड ब्रिज निर्माण गरिने भएको छ। त्यसका लागि आयोजनाले इस्टिमेट तयार पारिरहेको छ ।

५ वटा ओभरहेड ब्रिजको इस्टिमेट तयार भइसकेको छ। बजार, बस्ती क्षेत्र, पैदलयात्रुहरु धेरै हुने ठाउँहरुमा सडक पार गर्न ओभरहेड ब्रिज निर्माण गर्न लागिएको हो । विदुर, बटार, ढुङगे, वेत्रावती, गंगटे, गल्छी , लगायतका स्थानमा निर्माण गर्न लागिएको हो । एउटा ओभरहेड ब्रिजका लागि पाँच करोड लाग्ने अनुमान गरिएको छ ।विजमाण्डु


कस्तो लाग्यो ?

यो पनि