जेठ ०४, २०८१, शुक्रबार
               

बिहीबार शेयर बजार ओरालो, ३२ दशमलव ५१ अंकले घट्यो

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

काठमाडौं । बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।

उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ । नेप्से परिसूचक भन्दा पनि शेयर कारोबार रकम सुस्ताएको छ । एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपाली शेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

शेयर बिक्रीको चाप नदेखिदा शेयर कारोबार रकम घटेको हो । बजार लगातार घट्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । निकै घाटा बेहोरिसकेका लगानीकर्ताहरु थप घाटा हुन नदिन शेयर बिक्री गर्न होस्उिका छैनन् । यसले बिहीबार जम्मा ४९ हजार ८ सय ३५ वटामात्रै कारोबार भएको छ ।

२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता मात्रै शेयर किनबेच भएको छ ।


कस्तो लाग्यो ?

यो पनि