बैशाख २०, २०८१, बिहीबार
               

बुद्ध एयरका पाइलट एजी शेर्पालाई विमान उडाउन रोक

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

गत सोबार विमानकाे ल्याण्डिङ गियर नखुलेपछि समस्याका बीच जोखिम मोलेर ७३ जनाकाे ज्यान जोगाउन सफल बुद्ध एयरको विमान क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन् । गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौँमा अवतरण गरेको थियो ।

सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ । विमानमा कुनै समस्या आएमा पाइलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पाइलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन् । उनले छानबिनको अवधिमा पाइलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन् । अहिलेलाई उनको पाइलट लाइसेन्स स्थगित गरिएको छ ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टाभन्दा बढी आकाशमा उड्नुपरेको थियो । तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौँमा नर्मल अवतरण गरिँदा ठूलो दुर्घटना टरेको थियो । त्यसपछि क्याप्टेन शेर्पाको सबैतिरबाट प्रशंसा भइरहँदा उनीमाथि उडान भर्न रोक लागेकाे हाे। 


कस्तो लाग्यो ?

यो पनि