जेठ ०८, २०८१, मंगलबार
               

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व संकलन

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

विराटनगर । आन्तरिक राजस्व कार्यालय सुनसरीले आर्थिक वर्ष २०७७–०७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।

सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख रुपैयाँ राजस्व बढी संकलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए ।

संकलित राजस्वमा आयकर ९७ करोड २८ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क ८९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६–०७७ मा कूल दुई अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६–०७७ को तुलनामा गत वर्ष ५२ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख र भदौमा १२ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ ।

उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे । 


कस्तो लाग्यो ?

यो पनि