जेठ ०८, २०८१, मंगलबार
               

आइपिओ जारी गर्दै मध्य भोटेकाेसी

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

मध्य भोटेकाेसी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)  बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले कूल ९० करोड बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गर्न लागेको हो । 

निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर  सर्वसाधारणलाई निष्कासन गरिने कम्पनीले जनाएको छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर प्रतिशेयर रु एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । माग गरिएबमोजिमका शेयरमा असोज २५ गतेसम्म आवेदन नआए ढिलोमा कात्तिक ३ गतेसम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । 

 कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकाेसी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि