बैशाख १८, २०८१, मंगलबार
               

अजयराज सुमार्गीले बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ ऋण लिँदै

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

काठमाडौं । व्यवसायी अजयराज सुमार्गीले माथिल्लो आँखुखोला जलविद्युत आयोजना  बनाउन विभिन्न बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ ऋण काढेका छन् । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिका हुँदै बग्ने आँखुखोलामा सुमार्गीले ३८ मेगावाट उत्पादन क्षमता रहने जलविद्युत आयोजना निर्माण गर्दैछन् । आयोजनाको कूल लागत ७ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

जलविद्युत आयोजना बनाउन सुमार्गीलाई पाँचवटा वाणिज्य बैंकले ऋण दिने भएका हुन् । सिटिजन्स बैँकको अगुवाइमा नेपाल एसबीआई बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र सिभिल बैंकले आयोजनामा सहवित्तीयकरण गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

परियोजनाको अनुमानित लागत करिब ७ अर्ब ३३ करोडमध्ये बैंकहरुको ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहने र २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने धादिङ आँखुखोला हाइड्रो प्रालिले जानकारी दिएको छ । जलविद्युत आयोजना निर्माण आगामी चार वर्षभित्र सकेर विद्युत उत्पादन थाल्ने लक्ष्य सो कम्पनीले राखेको छ ।

नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग र वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको पनि कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामास्थित त्रिशुली ३ बी  हव सबस्टेशनमा जोड्ने लक्ष्य छ ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट घन्टा र बर्खायाममा १५२.४३८ गिगावाट गरी वार्षिक २१९.१३८ गिगावाट घन्टा खुद विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि