बैशाख १९, २०८१, बुधबार
               

रिज लाइन इनर्जीले २१ करोडको आईपीओ निष्काशन गर्ने

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । 

कम्पनीले सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता मंगलबार सम्पन्न गरेको हो ।

सम्झौतामा रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९।०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि