बैशाख १९, २०८१, बुधबार
               

नेप्सेमा गिरावट कायमै, कारोबार रकम भने सामान्य बढ्यो

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ। अघिल्लो कारोबार दिन २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २१८ कम्पनीको ७५ हजार ३७४ पटकको कारोबारमा ५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

घटेको बजारमा यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि मनकामना स्मार्ट लघुवित्त र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । अन्य कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि