बैशाख १८, २०८१, मंगलबार
               

अब सहकारी बैंकबाट पनि नयाँ नोट साट्न पाइने

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौं । दसैँ तिहार लक्षित सुकिला (नयाँ) नोट सहकारी बैंकमार्फत पनि सटही सुविधा प्रदान गरिएको छ । केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रमा समेत नयाँ नोट प्रवाह गर्ने उद्देश्यले सहकारी बैंकलाई नयाँ नोट उपलब्ध गराएसँगै उक्त सुविधा प्राप्त भएको हो । 

राष्ट्र बैंकले सहकारी क्षेत्रकै लागि भनेर २३ करोड ५० लाख रुपैयाँ बराबरको नयाँ नोट सहकारी बैंकलाई उपलब्ध गराएको बैंकका प्रमखु कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले जानकारी दिए ।  हाल बैंकले आफ्ना सदस्य सहकारी संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराइरहेको छ । उपत्यकाका शाखा कार्यालयबाट बैंकले सहकारीलाई नयाँ नोट साट्ने सुविधा प्रदान गरेको बैंकले जनाएको छ । 

कारोबारका आधारमा एक सहकारीले अधिकतम एक देखि डेढ लाखसम्म नयाँ नोट साट्न पाउँछन् । यद्यपि, सदस्यको संख्याको आधारमा बढीमा दुईदेखि साढे दुई लाखसम्म साट्ने सुविधा प्रदान गरिएको समेत बैंकले जनाएको छ ।
यता राष्ट्र बैंकले गत असोज ४ गतेदेखि बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट साट्ने व्यवस्था प्रदान गर्दै आएको छ । दसैँ नजिकिएसँगै यतिखेर बैंक तथा वित्तीय संस्थाहरुमा नोट साट्नेहरूको तीब्र भीड लाग्ने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि