बैशाख १८, २०८१, मंगलबार
               

विराटनगरमा अवतरण गर्न नसकेपछि फर्किएको बुद्ध एयरको विमान काठमाडौंमा सफल अवतरण

नेपाल फ्ल्यास
असोज ११, २०७८

ADVERTISEMENT

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।अचानक  ल्यान्डिङ गेयर मा समस्या आएपछि आकस्मिक अवतरण गर्न खोजिएको थियो, तर  विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि करिब पौने दुई घन्टा आकाशमा घुमेको थियो ।                                                           

सोमबार बिहानै विमान काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो । 

केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रताप बाबु तिवारीले भने–‘ विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारीमा गरिरहेका थियौँ तर सफलतापूर्वक ल्याण्ड भएको छ ।’ 

विमान अवतरण हुन लाग्दा दायाँ पट्टिको पाङ्ग्रा नखुलेका कारण केही बेर समस्या आएको विमानस्थल स्रोतले बताएको छ । विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए । एनआई कलसाइनको विमान विहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि