जेठ ०४, २०८१, शुक्रबार
               

३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ । मोरङस्थित उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजदेखि अन्तिम बहस जिल्ला अदालत मोरङमा हुने भएको हो । 

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका –१ मा शाक्यको मृत्यु भएको थियो । हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्याकेट पत्ता लागेको थियो ।

करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने बताइएको छ ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम एवं झण्डै ३८ क्वीन्टल सुन अवैध रुपमा आयात भएको दाबी गरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि