जेठ ०५, २०८१, शनिबार
               

सातामा ७ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।

त्यसपछि असोज ५ गते १३ अंक र ६ गते १०४ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै बन्द भएको हो । परिसूचक बढेसँगै नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।

गतसाता बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यसैगरी, यो साता कारोबार भएका चार दिनमा २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यस्तै, यो साता नेप्सेको सेन्सेटिभ इन्डेक्स ४.२४ अंकले बढ्दा फ्लोट इन्डेक्स १.६५ अंकले बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि