जेठ ०८, २०८१, मंगलबार
               

नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिर २२ र २३ गते

नेपाल फ्ल्यास
असोज ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएसन समेत गठन गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि