जेठ ०८, २०८१, मंगलबार
               

नेपाली श्रमिकका लागि मलेसियाको बाटो खुला

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाएसँगै रोजगारीमा जाने नेपाली श्रमिकका लागि बाटो खुलेको छ । श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।

लामो समयदेखि मलेसियाले कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो । मलेसियामा जानका लागि केही प्रावधान भने पूरा गर्नुपर्ने छ ।

यस्तै, मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्ने छ । यस्तै कोरोनाको परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ ।

यो पनि