चैत १६, २०८०, शुक्रबार
               

चार लाखभन्दा बढी नगदसहित १७ जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

 काठमाडौं । चार लाखभन्दा बढी नगदसहित १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्लाको दमक नगरपालिका– १ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले ४ लाख २७ हजार ६ सय रुपैयाँ नगदसहित १७ जनालाई जुवा खेलिरहेको समयमा पक्राउ गरेको जनाएको छ  ।

मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा जुवा खेलिरहेका उनिहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका– ७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर– ९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका– १ का ४२ वर्षीय तीर्थ अधिकारी, गौरादह नगरपालिका– ५ का ४५ वर्षीय हरि कोइराला, कमल गाउँपालिका– ४ का ४७ वर्षीय सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका– ३ का ३२ वर्षीय मोहन बराल, सोही ठाउँका ३२ वर्षीय सुनिल साह, मोरङको ग्रामथान– ४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान – ५ का ४२ वर्षीय नैनकुमार चौधरी र ग्रामथान – ६ का ४४ वर्षीय रुपेश तामाङ रहेको डिएसपी थापाले जानकारी दिए ।

त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे– १ का ४३ वर्षीय गंगाराम मगर, बेलबारी नगरपालिका– ११ का २१ वर्षीय निशान पोखरेल, दमक– ७ का ४९ वर्षीय कर्ण राई, सोही ठाउँका ४० वर्षीय राजन दाहाल र दमक– ३ का ३४ वर्षीय विनोद थेबे रहेको डिएसपी थापाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि