बैशाख १४, २०८१, शुक्रबार
               

निफ्राद्वारा ८.५ प्रतिशत लाभांश घोषणा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ । गत माघमा हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो ।

बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी २० अर्बको ८.५ प्रतिशतले हुन आउने १ अर्ब ७० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । 

बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयर धनीहरुलाई वितरण गरिनेछ । 


कस्तो लाग्यो ?

यो पनि