साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.७२ अंक बढेको छ ।
गत साता साढे ६३ अंक घटेर २८१२.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.७२ अंक बढेर २८१७.९८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३२ अंक घटेको छ ।
सोमबार प्रि ओपन सेसनमा ३८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।