जेठ ०८, २०८१, मंगलबार
               

आर्थिक समृद्धिमा जोड दिन प्रदेश प्रमुख कलौनीको आग्रह

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।  सातौँ संविधान तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले अबको कार्यभार सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु रहेको बताए ।

सन्देश भनिएको छ, ‘जनताको राजनीतिक अधिकारप्राप्तिको सङ्घर्षको चरण सम्पन्न भइसकेको छ । अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने प्रधान दायित्व हाम्रो काँधमा आएको छ ।

संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न आवश्यक नीतिनिर्माण र कार्यान्वयनका लागि तीनै तहका सरकार तथा अन्य सबै सरोकारवाला पक्षलाई जिम्मेवारीपूर्वक लाग्न अनुरोध गर्दछु ।’

विज्ञप्तिमा संविधानले विविधतायुक्त नेपाली समाजलाई आपसी सद्भाव र सहिष्णुतामा आधारित भएर बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध गरेको उल्लेख छ  । 

यो पनि