बैशाख ०४, २०८१, मंगलबार
               

बुद्धभुमि हाइड्रोपावरको आइपीओ बाँडफाँड

नेपाल फ्ल्यास
असोज ०१, २०७८

ADVERTISEMENT

नुवाकोट । बुद्धभुमि हाइड्रोपावर कम्पनि लिमिटेडले आयोजना प्रभावित नुवाकोटका स्थानियलाई जारी गरेको सेयर बाँडफाँड गरिएकाे छ ।

यो कम्पनीको आईपीओ  बिहीवार दिउँसाे धितोपत्र बिक्री प्रबन्धक बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडको  कार्यालयमा भएको थियो। आईपीओ नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/, सम्बन्धित धितोपत्र बिक्री प्रबन्धक तथा कम्पनीको वेबसाइटमा केही घन्टापछि हेर्न सकिनेछ।

कम्पनीले गत साउन ३२  गतेदेखि भदाै १५  गतेसम्म एकसय रुपैयाँ अंकित मुल्यमा  आयोजना प्रभाबित जिल्लाका स्थानियलाइ  ४ लाख कित्ता सेयर जारी गरेकाे थियाे ।

विक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसा ४० हजार जनालाई समान १० कित्ताको लागि सेयर बाँडफाँड गरिएको छ ।

आयोजनाले प्रभावित नुवाकोटका स्थानियवासीलाई जारी गरेको सेयरमा ४९ हजार ३ सय १० जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये करिव ९ हजार जनाको हात खाली भएको छ । कम्पनीको आईपीओमा २८ करोड १९ लाख ६० हजार ५ सय बराबरको आवेदन परेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि