बैशाख १५, २०८१, शनिबार
               

बुधबार पनि ४० अंकले घट्यो नेप्से सूचक

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । बुधबार पनि नेप्से सूचक ४० अंकले घटेर बन्द भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता कमी हुनु र ब्याजदर बढ्ने हल्लाले पछिल्लो समय शेयर बजारमा नकारात्मक प्रभाव परेको छ। यस दिन नेप्से सूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.१६ अंकले घटेको छ।

पछिल्ले समय बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाउन थालेका छन्। केही बैंकले ९ प्रतिशतसम्म ब्याज दिन थालेका छन्। यसले गर्दा शेयर बजारमा भने नकारात्मक प्रभाव पारेको देखिन्छ।

बुधबार काराेबार रकम सामान्य बढेको छ। यस दिन ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५० रुपैयाँ बराबरको १ करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ । यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ६.६७ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ४.०८ प्रतिशत, माउन्टेन इनर्जीको १.९७ प्रतिशत र नारायणि डेभलपमेन्ट बैंकको १.६६ प्रतिशतले बढेको छ ।

यसैगरी बुधबार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ६.८८ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ५.४१ प्रतिशत, रुरु जलविद्युतको ४.८६ प्रतिशत, सिन्दु विकास बैंकको ४.४६ प्रतिशत र गुडविल फाइनान्सको ४.३१ प्रतिशतले घटेको छ।


कस्तो लाग्यो ?

यो पनि