जेठ ०४, २०८१, शुक्रबार
               

पहिलोपटक आयो निजी क्षेत्रको रेल

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल–भारत रेल्वे सम्झौता भएसँगै बुधबार पहिलोपटक हिन्द टर्मिनल प्रालिको भारतीय रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ। ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर छ। योसँगै नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ । अब सामुद्रिक बन्दरगाहसम्म नेपाली रेलको पहुँच हुनेछ । 

२००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको निर्देशक गजुरेल बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि