जेठ ०६, २०८१, आइतबार
               

दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने

नेपाल फ्ल्यास
भदौ २८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । कमर्सियल बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउनेछन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ । यद्यपि, केही बैंकहरुले ढिला गरी नोट सटही गर्न पनि सक्ने नेपालको भनाइ छ ।

बैंकका अनुसार दशैं तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । ५, १०, २०, ५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।

               


कस्तो लाग्यो ?

यो पनि