जेठ ०६, २०८१, आइतबार
               

बागलुङका बाढीपहिरो प्रभावितलाई जापानबाट सहयोग

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

बागलुङ । रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई सात लाख रुपैयाँ नगद राहत सहयोग गरेका छन् ।

ताराखोला समाज जापानमार्फत संकलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम बुझ्नेमा वडा नं १ का दुई, २ का ११, ३ का १४, ४ का दुई र वडा नं ५ का पाँच परिवार छन् ।

एउटा परिवारलाई न्यूनतम पाँच हजारदेखि बढीमा एक लाख २० हजार रुपैयाँसम्म राहत सहयोग उपलब्ध गराइएको समाजले जनाएको छ । स्थानीयस्तरमा गठित ताराखोला समाजद्वारा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीलगायतले संयुक्तरूपमा राहत रकम प्रदान गरेका थिए । 

सो समितिका सचिव गणेश कार्कीका अनुसार समाजले वडा नं ३ मा रहेको हिल स्वास्थ्यचौकीका लागि रु आठ लाख बराबरका भिडियो एक्स–रे, एनालाइजरलगायत स्वास्थ्य उपकरण–सामग्रीसमेत प्रदान गरेको छ ।

समाजले यसअघि गाउँपालिकाको विपद् कोषमा १४ लाख रुपैयाँ जम्मा गरेको थियो । गाउँपालिका अध्यक्ष घर्तीले प्रवासी नेपालीले आफ्नो गाउँका लागि निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । 

समाजले गाउँपालिकामा हुने विपद्का घटनादेखि विकास निर्माणका अभियानमा सहकार्य गर्दै आएको उनले स्मरण गरे । ताराखोलासँगै गलकोट, लेखानी समाज जापानलगायत प्रवासी नेपालीले खोलेका संघसंस्था मानवीय सेवाका काममा सक्रिय छन् । 


कस्तो लाग्यो ?

यो पनि