जेठ ०४, २०८१, शुक्रबार
               

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.४८ प्रतिशत घट्दा कारोबार रकम साढे ७ अर्बमा सीमित भएको छ । 

अघिल्लो कारोबार दिन नेप्से परिसूचक करिब ६ प्रतिशत बढ्दा करिब १० अर्बको शेयर कारोबार भएको थियो । मार्जिन कर्जामा १२ करोडको सीमाका कारण घटेको बजार अर्थमन्त्री तथा गभर्नरको टेलिफोन वार्ताको समाचारपछि उच्च दरमा बढेको थियो ।

सो दिन उच्च दरमा बढेको बजार यस दिन करेक्सन भएको जानकारहरु बताउँछन्। यद्यपि यस दिन बजार घट्नुमा १२ करोडको सीमा तत्काल परिमार्जन नहुने संकेत पनि एक कारण रहेको उनीहरुको भनाइ छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ५.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ अंक घटेको छ। यस दिन २२२ कम्पनीको ८६ हजार ५०८ पटकको कारोबारमा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी ११ उपसमूहको ओरालो लागेको छ। यस दिन अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक क्रमशः १.०१ प्रतिशत र ०.५६ प्रतिशत बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ ।

पछिल्लो केही दिनहरुदेखि कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरलाई आज युनाइटेड मोदी हाइड्रोपावरले उछिनेको छ। यस दिन युनाइटेड मोदीको ६१ करोड ९२ लाख रुपैयाँको शेयर खरिदबिक्री हुँदा अरुण भ्यालीको ३८ करोड ४२ लाखको शेयर कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि