जेठ ०४, २०८१, शुक्रबार
               

शेयर बजारमा उछाल, नेप्से सूचक १६१.९४ अंकले वृद्धि

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

 काठमाडौं : मौद्रिक नीति र यसलाई कार्यान्वयन गर्न जारी गरिएको एकीकृत निर्देशनबाट झन्डै पेनिक हुने अवस्थामा पुगेको सेयर बजारमा सोमबार एकाएक रौनकता छाएको छ । नेप्से सूचक १६१.९४ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २९८०.७९ विन्दुमा आइपुगेको छ । नेप्से ५.७४% ले बढेको हो । ९ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७० कम्पनीको भाउ सर्किट लेबलमा वृद्धि भएको छ । यसले बजारमा निकै उत्साह फर्किएको देखाउँछ । सबै समूहका सूचकमा हरियाली आएको छ । अर्थमन्त्रीले सेयर बजार बिग्रिन नदिन तत्काल आवश्यक व्यवस्था मिलाउनू भन्दै केन्द्रीय बैंकका गभर्नरलाई टेलिफोन गरेपछि सेयर बजारमा एकाएक उमंग छाएको हो । त्यसो त लगानीकर्ताहरुले पनि गभर्नरको राजीनामा माग्दै धर्ना र आन्दोलन थालिसकेका थिए ।

ढिलोचाँडो समस्या समाधान गर्न गभर्नर बाध्य हुने अवस्था आउनै लागेको थियो । तर यहीबीचमा अर्थमन्त्रीको कदमले सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुको गुम्नै लागेको मनोबल फेरि फर्किएको छ । गभर्नरले पनि अर्थ मन्त्रीलाई समस्या समाधान गरिने बताएका छन् । यो खबर सार्वजनिक भएपछि सेयर बजारमा रौनकता छाएको हो । 

खरिदबिक्री रकममा ४६ करोड रुपैयाँभन्दा बढीसहित अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा हिमालयन डिष्टिलरी र अपर तामाकोशी परेका छन् ।

                          


कस्तो लाग्यो ?

यो पनि