जेठ ०६, २०८१, आइतबार
               

एमसीसीमा कानुन मिचेर राज्यको ढुकुटी दोहन भइरहेको छ : महालेखा

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

विवादित एमसीसी सम्झौताअन्तर्गतको परियोजनामा नियम मिचेर खर्च भइरहेको नेपालको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५८ औँ वार्षिक प्रतिवेदनमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र नेपालको राज्यकोष खर्च भइरहेको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नियम मिचेर खर्च गरेको उल्लेख छ ।

कार्यान्वयन पूर्वको खर्च (सीडीएफ) शीर्षकमा मात्रै अघिल्लो महिनासम्म एमसीसी मुख्यालयले दिएको ९.४२ मिलियन अमेरिकी डलर र नेपाल सरकारको कोषबाट ७.९४ अमेरिकी डलर खर्च भइसकेको छ । यो शीर्षकमा भएको खर्च प्रतिशत एमसीसी स्रोतको २३.३० र नेपाल सरकारको १९.८५ प्रतिशत हो । 

सम्झौताबमोजिम नेपाल सरकारले ब्यहोर्ने सीडीएफतर्फको रकम विद्युत् प्रसारण लाइन परियोजनामा मात्र खर्च गर्नुपर्ने हो । तर, सम्झौताको पूर्वशर्तहरू पूरा नगरेको जनाउँदै एमसीसीको बजेट रोक्का गरेको भनी अर्थ मन्त्रालयबाट पटक पटक रकमान्तर गरी एमसीए–नेपाललाई बजेट दिइएको महालेखाले प्रतिवेदनमा लेखेको छ ।

एमसीसीको कार्यालय काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा राखिएको छ । नेपालको ढुकुटीबाट रकमान्तर गरी पाँच तारे होटलमा एमसीसीको परियोजनाको नाममा मनमौजी खर्च भइरहेको छ ।

नेपाल सरकारले सडक मर्मतसम्भार परियोजना तथा कार्यक्रम व्यवस्थापन र प्रशासनिक खर्च शीर्षकमा हालसम्म ३.५२ मिलियन अमेरिकी डलर (४१ करोड ६४ लाख ६३ हजार रुपैयाँ) खर्च गरिसकेको छ  ।


कस्तो लाग्यो ?

यो पनि