जेठ ०४, २०८१, शुक्रबार
               

बजार खुलेको साढे १ घण्टा नबित्दै ४ प्रतिशत घट्यो नेप्से

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ प्रतिशत घटेको छ। बजार खुलेको साढे १ घण्टा नबित्दै नेप्से सो दरले घटेको हो ।

यस दिन सो अवधिसम्ममा नेप्से परिसूच्क ३.९९ प्रतिशत अर्थात ११६.७३ अंक घटेर २८१०.०२ विन्दुमा झरेको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स पनि करिब ४ प्रतिशत घटेको छ। यस समाचार तयार पार्दासम्ममा सेन्सेटिभ इण्डेक्स ३.७४ प्रतिशत घटेर ५२१.४९ विन्दुमा झरेको छ  ।

सो अवधिसम्ममा १७ कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेर कारोबार भइरहेको छ भने २६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। सो अवधिसम्ममा जम्मा ४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ । जसमध्ये १ म्युचुअल फण्ड, एक ऋणपत्र, एक जीवन बीमा कम्पनी र एक यूनिलिभर नेपाल रहेको छ ।

यी कम्पनीहरुको शेयरमूल्य वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।


कस्तो लाग्यो ?

यो पनि